Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उद्योग बाणिज्य महासंघ चुनावः करोडौं करछली गर्ने बरिष्ठ उपाध्यक्षका उम्मेदवार 


    शुक्रबार, कार्तिक २८ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । डिसहोमले ५० औं करोड करछली गर्दैआएको छ । डिसहोम अर्थात् डिस मिडिया नेटवर्कले डिजिटल टेलिभिजन सेटअप बक्स पे–टिभी जडानका नाममा ९ वर्षदेखि करोडौं रुपैयाँ करछली गर्दै आएको छ । न त उसले आफ्ना ग्राहक कति छन् भन्ने नै खुलाएको छ त रोयल्टीबारै नै पारदर्शीता देखाएको छ । डिसहोम आइएमई ग्रुप अन्तर्गतको संस्था हो । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल हुन् ।

    विभागीय मन्त्रालय सूचना तथा सञ्चार र अर्थका अधिकारीहरुलाई प्रभावमा पारेर चन्द्र ढकालको कम्पनी डिसहोमलेले करछली गर्दै आएको हो । यस्को एउटा प्रमाण हो दुई बर्षअघि ग्राहक संख्या लुकाएर करोडौं राजस्व छलीको आरोप लागेसँगै ठूला करदाता कार्यालयले डिसहोममा छापा मारी कागजात जफत गरेको थियो । त्यो समयमा झण्डै ५० करोड कर छलेको अनुमान अर्थका अधिकारीहरुले गरेका थिए ।  

    ग्राहक संख्या खुलस्त नपार्नु, पब्लिक कम्पनीले आफ्नो विवरण सार्वजनिक नगर्नु र नियामक निकायसँग पनि डिसहोमको तथ्यांक अद्यावधिक नहुनु आफैंमा कर छलीका प्रमाण भएको अर्थका अधिकारीहरु बताउँछन् ।

    डिसहोमले आफ्नो बजार हिस्सा २५ प्रतिशतभन्दा बढी रहेको दाबी गरेको छ । त्यसो हो भने नेपालमा टेलिभिजन प्रयोगकर्ताको संख्या ६५ लाख हाराहारी छ । उस्कै दाबी अनुसार झण्डै १६ लाख २५ हजारले डिसहो्मको सेटअप जोडेका छन् ।

    अब हिसाब निकालौं, प्रति ग्राहकसँग उस्ले मासिक औसतमा ४ सय असुल्छ । ग्राहकसँग लिने ४ सय रुपैयाँको १३ प्रतिशत रकम कम्पनीले सरकारलाई तिर्नुपर्ने हुन्छ । कानुन अनुसार ४ सय रुपैयाँको १३ प्रतिशत रकम सरकारलाई तिरेर बाँकी रहेको रकममा पनि कम्पनीले सरकारलाई २ प्रतिशत रकम फेरि रोयल्टी तिर्नुपर्छ ।

    यस्को मोटामोटी हिसाब निकाल्दा ग्राहकबाट मासिक रुपमा ६ करोड ५० लाख रकम असुल्छ । तर उसले एकातिर ग्राहकको वास्तविक विवरण लुकाइरहेको छ, कतै पेश गर्दैन । अर्कोेतिर डिस मिडिया नेटवर्कले नाममात्रको कर तिर्ने गरेको कर कार्यलयका कर्मचारीहरु सुनाउँछन् । 
    यतिमात्र होइन उसले एयरपोर्टमा राखेको ग्लोबल बैंकको काउन्टरको भाडा रकम समेत लामो समयदेखि तिरेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय(टीआईए)का यसअघिका महाप्रबन्धक राजकुमार क्षेत्री र हालका देवेन्द्र केसीलाई समेत घुस बुझाएर उनले काउन्टरको भाडासमेत नतिरेको स्रोत बताउँछ ।

    डिसहोमबाट करोडौं रुपैयाँ करछली गर्ने र विमानस्थलमा काउन्टर संचालनको भाडा समेत नतिर्ने चन्द्र ढकाल उद्योग बाणिज्य महासंघको आगामी ५४ औं साधारणसभामा बरिष्ठ उपाध्यक्षका उम्मेदवार हुन् । महासंघको साधारणसभा आगामी मंसिर ११ र १२ मा काठमाडौंमा हुँदैछ । महासंघमा बरिष्ठ उपाध्यक्ष नै भावी अध्यक्ष हुने प्रावधान छ । महासंघको आगामी चुनावमा बरिष्ठ उपाध्यक्षमा ढकाल र किशोर प्रधानबीच प्रतिस्पर्धा हुँदैछ । ढकालको समूहमा उनी स्वयं अवैध हुन्डीको कारोबारबाट आर्जित पैसाबाट बैकिङदेखि विमा, अटोमोवाइलदेखि केवलकार र हस्पिटालिटीका क्षेत्रमा आएका हुन् ।

    ढकालको समूहका उपाध्यक्षका उम्मेदवार रामचन्द्र संघाईमाथि विदेशी मुद्रा अपचलन गरेको र ठगीको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले छानबिन गरिरहेको छ । संघाईले सिद्धार्थ ग्याँसका लगानीकर्ता रमेश अग्रवाललाई एक पैसा पनि फिर्ता नदिई सेयर हडपेको आरोप छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार