Nepal Face
  • आइतबार, १० साउन २०८३
  • टेलिकमले ल्यायो चाडवाडको लागि विभिन्न छुट र अफर


    बिहिबार, कार्तिक २७ २०७७
    835
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौ । टेलिकमले तिहार, नेपाल संवतको नयाँ वर्ष तथा छठ पर्वका अवसरमा विभिन्न छुट र अफरका साथै केही नयाँ प्याकेजहरु उपलब्ध गराउने भएको छ ।

    कम्पनीले फेस्टिभल अफरका रुपमा दशैंको अवसरमा उपलब्ध गराएका केही छुटलाई तिहारको अवसरमा समेत निरन्तरता दिने भएको हो । यी अफरहरु काग तिहार (कात्तिक २८, २०७७) देखि छठ पर्व (मंसिर ५, २०७७) सम्म उपलब्ध हुनेछन् । यसका साथै सेवाग्राहीको सुविधाका लागि थप विशेषतासहितको अटम अफरका प्याकेजहरु कात्तिक २८ गतेबाटै लागु हुनेछन् ।

    फेस्टिभल अफरका रुपमा जीएसएम/सीडीएमए मोबाइलको व्यालेन्स टप अप गर्दा निम्नानुसारको वोनस उपलब्ध हुनेछ :

    -रिचार्ज कार्डबाट रु. ५० रिचार्ज वा एमपोसबाट रु. २० देखि रु. ५० सम्म रिचार्ज गर्दा सोही दिनका लागि ५ मिनेट वोनस ।
    -रिचार्ज कार्डबाट रु. १०० वा एमपोसबाट रु. ५१ देखि रु.१०० सम्म रिचार्ज गर्दा सोही दिनका लागि १० मिनेट वोनस ।
    -रिचार्ज कार्डबाट रु. २०० वा एमपोसबाट रु. १०१ देखि रु. २०० सम्म रिचार्ज गर्दा सोही दिनका लागि २० मिनेट वोनस ।
    -एमपोसबाट रु. २०१ देखि रु. ४९९ सम्म रिचार्ज गर्दा सोही दिनका लागि ३० मिनेट वोनस ।
    -रिचार्ज कार्डबाट रु. ५०० वा एमपोसबाट रु. ५०० देखि रु. ९९९ सम्म रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने गरी ५० मिनेट वोनस ।
    -रिचार्ज कार्डबाट रु. १००० वा एमपोसबाट रु. १००० वा सोभन्दा माथि रिचार्ज गर्दा दुई दिनका लागि १०० मिनेट वोनस ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार