Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • बिहीबार थपिए १९ सय १३ जना कोरोना संक्रमित, २२ सय ४९ जना डिस्चार्ज


    बिहिबार, कार्तिक २७ २०७७
    730
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आज नेपालमा १ हजार ९ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो संख्यासहित नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ। 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार २४९ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ६४ हजार ५९२ जना निको भएका छन्। 

    आज देशभर ३८ हजार ४६१ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा १५ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या ११८९ पुगेको छ।

    पछिल्लो २४ घण्टामा १० हजार २२ जनाको पीसीआर परीक्षण भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार