Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • काठमाडौं महानगरमा मात्रै ७५ हजारमा कोरोना संक्रमण


    बिहिबार, कार्तिक २७ २०७७
    745
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं जिल्लामा कोरोना संक्रमण लगातार बढिरहेको छ। यहाँ हालसम्म ७५ हजार ३ सय १७ जनामा संक्रमण पुष्टि भएको छ। यीमध्ये ४६ हजार ७ सय ८६ पुरुष र २८ हजार ५ सय ३१ जना महिला छन्।  

    काठमाडौँ महानगरपालिकामा मात्र करिब २९ हजारमा संक्रमण पुष्टि भएको छ। महानगरको कात्तिक २२ गतेसम्म  तथ्यांकअनुसार २८ हजार १ सय  ९७ जनामा कोरोना संक्रमण पुगेको छ। यहाँ १ सय ५ पहिचान नखुलेका संक्रमित ‍छन्।

    काठमाडौं महानगरमा हालसम्म १८२ संक्रमितले ज्यान गुमाएका छन्। महानगरका सबै वडामा संक्रमित संख्या २ सयमाथि पुगेका छ भने सबै वडाका संक्रमितले ज्यान गुमाएका छन्। महानगरका अधिकांश  वडामा संक्रमण बढ्दो दरमा रहेको छ। 

    महानगरको तथ्यांकअनुसार होम आइसोलेसनमा बस्ने संक्रमितको संख्या बढिरहेको छ भने अस्पताल र संस्थागत आइसोलेसनमा बस्नेको संख्या घटिरहेको  छ।  हाल महानगरमा संक्रिय संक्रमितको संख्या ८ हजार ६  सय ३७ रहेको छ।  

    हाल ७ हजार ९ सय ८९ जना होम आइसोलेसनमा छन्।  संस्थागत आइसोलेनमा १ सय ३४ र अस्पतालमा ५ सय १४ जना रहेका छन्।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार