Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अबदेखि सिंहदरबार अगाडिको फुटपाथमा हिँड्न नपाइने


    मंगलबार, फाल्गुन १५ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । लघुवित्तका ऋणीहरुले सोमबार नयाँ बानेश्वरस्थित संसद् भवन प्रवेश गरेपछि प्रहरीले अब सिंहदरबार र संघीय संसद भवन नयाँ बानेश्वर अगाडिको फुटपाथमा हिँड्न पनि निषेध गरेको छ।

    लघुवित्तका ऋणीहरुको उक्त हर्कतले सिंहदरबार र बानेश्वर वरपरका फुटपाथमा पनि हिँड्न रोक लगाइएको हो।

    सिंहदरबारको पर्खालसँगैको फुटपाथमा डोरी टाँगेर निषेधित क्षेत्र लेखिएको छ । त्यहाँ फुटपाथ प्रयोग गर्न रोक लगाइएको छ ।

    त्यस्तै संघीय संसद भवन नयाँ बानेश्वरको पर्खालसँगैको फुटपाथमा पनि डोरी टाँगिएको छ।

    सिंहदरबार र बानेश्वरका फुटपाथमा अघिल्ला दिनहरुमा भन्दा धेरै प्रहरी परिचालन गरिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार