Nepal Face
  • आइतबार, १० साउन २०८३
  • क्षमता भएकाले अवसर पाएको हूँ : युवराज खतिवडा


    बिहिबार, कार्तिक २७ २०७७
    755
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । अमेरिकाका लागि राजदूत प्रस्तावित भएका पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले आफूले मागेर कुनै राजनीतिक नियुक्ति नलिएको बताएका छन् ।

    संसदीय सुनुवाई समितिमा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले क्षमता र योग्यता भएका कारण राजनीतिक नियुक्ती आफूलाई दिइएको दाबी गरे ।

    ‘आजसम्म मैले प्राप्त गरेका राजनीतिक नियुक्ती मैले मागेको होइन, मेरो योग्यता र क्षमता देखेर नै नियुक्ती दिइएको होला’, उनले भने, ‘यसरी मलाई नियुक्ती दिने कतिपय माननीयहरु यही बैठकमै पनि हुनुहुन्छ ।’

    महत्वपूर्ण राजनीतिक नियुक्तीमा पटक–पटक अवसर प्राप्त गरेको भनेर खतिवडाको आलोचना हुने गरेको छ। उनी २०६६ साल यता गभर्नर, राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, राष्ट्रियसभा सदस्यदेखि अर्थमन्त्री बनेका छन् । हालै प्रधानमन्त्री केपी ओलीले उनलाई प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त गरेका थिए ।

    संसदीय सुनुवाईका क्रममा सांसदहरुले पटक–पटक अवसर पाएकोबारे प्रश्न गरेका थिए । त्यसको जवाफ दिँदै उनले योग्यता र क्षमता भएका कारण नै अवसर पाएको दाबी गरे।

    उनले भने, ‘कर्मचारी हुँदा बढुवाका लागि भनसुन गर्ने कुरा एउटा हो तर राजनीतिक नयुक्ती मैले मागेर लिएको हैन।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार