बंगलादेश । मैत्रीपूर्ण खेलका लागि बंगलादेश पुगेका राष्ट्रिय फुटबल टिमका एक खेलाडीमा कोरोना संक्रमण देखिएको छ ।
ढाकामा हिजो गरिएको कोरोना परीक्षणमा एक खेलाडीको नतिजा पोजेटिभ आएको हो । ती खेलाडी अस्पतालको आइसोलेसनमा रहेका छन् । कोरोना देखिएपछि उनले पहिलो मैत्रीपूर्ण खेल गुमाउने भएका छन् । नेपालले भोलि बंगलादेशसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । यस्तै मंसिर २ गते दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ ।
अघिल्लो पटक गरिएको परीक्षणमा भने रिपोर्ट नेगेटिभ आएको थियो ।