Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गण्डकी प्रदेशका चार विधेयक प्रमाणीकरण


    बिहिबार, कार्तिक २७ २०७७
    865
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कास्की । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले चार  विधेयक प्रमाणीकरण गरेका छन्। गण्डकी प्रदेशसभाले पारित गरी पठाएका  विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम बुधबार प्रदेश प्रमुख शेरचनले प्रमाणीकरण गरेका हुन्।

    ती विधेयकमा गण्डकी प्रदेश प्रहरीको व्यवस्था गर्न बनेको विधेयक, खेलकुदको विकास गर्ने व्यवस्था गर्न बनेको विधेयक, विकास प्राधिकरणको स्थापना र सञ्चालन गर्ने व्यवस्था गर्न बनेको विधेयक र गण्डकी प्रदेशमा कृषि व्यवसाय प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक छन्। 

    यसअघि ती विधेयक गण्डकी प्रदेशसभाबाट पारित भई सभामुख नेत्रनाथ अधिकारीले प्रमाणित गरेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार