Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कन्चटमा गोली हानी युवतीको हत्या, प्रहरी टोली घटनास्थलमा


    बिहिबार, कार्तिक २७ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रौतहट । रौतहटमा एक युवतीको गोली हानी हत्या भएको छ। माधवनारायण नगरपालिका– लौकाहामा गएराति गोली हानी १८ वर्षीया युवती अमृताकुमारी साहको हत्या भएको हो। 

    कन्चटमा गोली लागेको अवस्थामा साह मृत भेटिएपछि रौतहटको प्रहरी टोली अनुसन्धानमा खटिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धीविक्रम शाहले घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसमेत परिचालन गरिएको बताए।  एसपी शाह आफैं पनि घटनास्थल गएर अनुसन्धान सुरु गरेका छन्। 

    २०७६ फागुनमा अमृताको विवाह सर्लाहीको मधुवनगोठका रुपेश साहसँग भएको थियो । श्रीमानसँग राम्रो सम्बन्ध नभएपछि उनी गत साउनदखि माइत बस्दै आएकी थिइन्।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार