Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्योहोर्ने


    बिहिबार, कार्तिक २७ २०७७
    760
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले बेहोर्ने भएको छ। केसी कोरोना संक्रमणबाट गम्भीर बिरामी छन्।  

    बिहीबार सम्पन्न मन्त्रिपरिषद् बैठकले केसीको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले बताए।

    केही दिनदेखि निमोनिया ग्रस्त भएका केसीको स्वाब परीक्षण गर्दा मंगलबार कोरोना पोजेटिभ रिपोर्ट आएको थियो।

    केसीको मेडिसिटी अस्पतालको आइसोलेसनमा उपचार भैरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार