Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हङकङमा नेपाल एयरलाइन्सलाई तेस्रोपटक प्रतिबन्ध


    बिहिबार, कार्तिक २७ २०७७
    735
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । लापरबाही गर्दै कोरोना संक्रमितलाई ल्याएको भन्दै राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेवानि) हङकङमा फेरि प्रतिबन्ध लागेको छ । यसअघि पनि यही कारणमा नेवानि दुईपटक प्रतिबन्धमा परिसकेको छ । 

    नेवानिले गल्ती आफ्नो नभइ कोरोना परीक्षण गर्ने निजी ल्याबको भएको आरोप लगाउँदै आएको छ । 

    नेवानिको जहाजमार्फत् हङकङ पुगेका १४ यात्रुमा कोरोना पोजेटिभ देखिएको हो । हङहङले यही कारणले नेवानिलाई १२ नोभेम्बरदेखि २५ नोभेम्बरसम्ममा उडान प्रतिबन्ध लगाएको जनाएको छ।

    यसअघि नेनेवानिलाई अक्टोबर ४ देखि १७ सम्म पहिलो र अक्टोबर २० देखि नोभेम्बर २०सम्म दोस्रो प्रतिबन्ध लगाइएको थियो। 

    यस्तैगरी युएईको दुबई अन्तर्राष्ट्रिय विमानस्थलले पनि नेपालबाट आएका यात्रुमा कोरोना देखिएको भन्दै नेपाल एयरलाइन्सलाई उडान प्रतिबन्ध लगाउने चेतावनी दिएको थिाये। निगमलाई दुबई विमानस्थलले २ वटा चेतावनी पत्र पठाएको थियो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार