Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चितवनमा ५ लाख रुपैयाँसहित २४ जुवाडे पक्राउ


    बिहिबार, कार्तिक २७ २०७७
    740
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । चितवनमा ५ लाख रुपैयाँसहित २४ जना जुवाडे पक्राउ परेका छन् ।

    ५ लाख १७ हजार रुपैयाँसहित २४ जना जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनीहरुलाई भरतपुर महानगरपालिका-५ कैलाशनगरबाट राति पक्राउ गरिएको हो ।

    स्थानीय सुनिलकुमार क्षेत्रीको कुखुरा खोरमा कौडा खेलिरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङले जानकारी दिए । पक्राउ पर्नेहरुको साथबाट १६ थान कौडासमेत बरामद गरिएको छ ।

    पक्राउ परेकाहरुलाई जुवा ऐनअन्तर्गत कारबाही गरिने प्रहरी उपरीक्षक गुरुङले जानकारी दिएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार