Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मलेसियामा नेपाली युवकले छुरा प्रहार गर्दा युवतीको मृत्यु


    बिहिबार, कार्तिक २७ २०७७
    905
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मलेसियामा एक युवकले वैदेशीक रोजगारीमा गएकी नेपाली युवतीको छुरा हानी हत्या गरेका छन् । 

    मलेसियाको सेलेङ्गर शहरमा नेपाली युवकले नै छुरा हानी नेपाली युवतीको हत्या गरेको मलेसिया प्रहरीले जनाएको छ ।  

    भारतको सिक्किममा घर भएकी नेपाली राहदानी बाहक आइतमाया मगरको बुधबार ती युवकले हत्या गरेको प्रहरीको भनाइ छ । 

    मृतक युवती स्थानीय दर्शन नमस्ते रेष्टुरेन्टमा कार्यरत थिइन् । प्रहरीका अनुसार त्यस रेष्टुरेन्टमा ग्राहक बनेर गएका ती युवकले सामान्य विवाद  हुँदा युवतीमाथि छुरा हानेका थिए । 

    हत्या गर्ने युवकको भने परिचय गोप्य राखिएको छ । तर, हत्या गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ भने मृतक युवतीको शव पोष्टमार्टमको लागि अस्पताल लगिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार