Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कलंकीमा गम्भीर दुर्घटना, तीन जनाको मृत्यु


    बिहिबार, कार्तिक २७ २०७७
    705
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । कलंकी क्षेत्रमा गम्भीर सडक दुर्घटना भएको छ । दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । 

    काठमाडौं महानगरपालिका–१४ मा आज बिहान दुर्घटना भएको हो भने दुई जना घाइते भएका छन् ।

    बिहान करिब ३ः२५ बजेको समयमा रोकिराखेको बा३ख ७५३० नंको ट्रकलाई बल्खुबाट सीतापाइला जाँदै गरेको कुखुरा बोक्ने बा५ख ८८६५ नंको अर्को ट्रकले ठक्कर दिएको थियो ।

    सो घटनामा परी कुखुरा बोक्ने ट्रकमा सवार नुवाकोटका २४ वर्षीय रोशन तामाङ, २७ वर्षीय भूपेन्द्र तामाङ र ३७ वर्षीय माधव घिमिरेको मृत्यु भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

    दुर्घटनापछि गम्भीर घाइते भएका तीनै जनालाई उपचारका लागि शहीद मेमोरियल अस्पताल कलङ्की लगिएकामा उपचारका क्रममा ४ः३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

    उनका अनुसार नुवाकोटकै २१ वर्षका रोहन तामाङ र २४ वर्षका विजय तामाङ घाइते भएका छन् । उनीहरुको सोही अस्पतालमा उपचार भैरहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार