काठमाडौं । मकवानपुरका एकजना कोरोना संक्रमित पुरुषको चितवनमा उपचारको क्रममा मृत्यु भएको छ ।
चितवन मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. १५ का ४९ वर्षीय पुरुषको गएरातिमृत्यु भएको हो।
हेटौंडास्थित आयुर्वेद तथा जनस्वास्थ्य प्रवर्द्धन शाखामा यही कात्तिक २४ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
श्वासप्रश्वासमा समस्या भएपछि उनी अस्पताल भर्ना भएका थिए । चितवन मेडिकल कलेजको कोभिड आईसीयूमा राखेर उनको उपचार भैरहेको थियो ।