Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उच्च रक्तस्रावका कारण सुत्केरीको मृत्यु


    बिहिबार, कार्तिक २७ २०७७
    995
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • डोटी । उच्च रक्तस्रावका कारण जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ कुमालीकोटकी ३० वर्षीया डम्बरीदेवी साहु कठायतको मृत्यु भएको छ । चार दिनअघि दिपायलको राजपुरमा रहेको सुजङ्ग अस्पतालमा सामान्यरूपमा शिशुलाई जन्म दिनुभएकी उहाँको रक्तस्राव नरोकिएपछि उक्त अस्पतालले सेती प्रादेशिक अस्पताल सिफारिस गरेको थियो ।

    प्रादेशिक अस्पतालमा समेत उपचार गर्दा रक्तस्राव नरोकिएका कारण उहाँको मृत्यु भएको स्थानीयवासी योगेन्द्र कठायतले जानकारी दिनुभयो । उहाँले जन्माउनुभएको नवजात शिशुको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् । मृतकका दुई छोरी तथा एक चार दिनको छोरा छन् । मृतकको बुधबार नै अन्त्येष्टि गरिएको घरपरिवारले जनाएको छ ।रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार