Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जबरजस्ती करणीका फरार प्रतिवादी १० वर्षपछि पक्राउ


    बिहिबार, कार्तिक २७ २०७७
    900
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • उदयपुर ।  जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत उदयपुरबाट १० वर्षको कैद सजाय पाएका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–९ हँडियाका ४६ वर्षीय नारायणबहादुर राउत रहेका छन् ।

    प्रहरीका अनुसार एक स्थानीय महिलालाई राउतले बलात्कार गरेको कसुरमा जिल्ला अदालत उदपुरले विसं २०६४ जेठ १४ गते बलात्कार गरेको कसुर ठहर गर्दै १० वर्षको जेल सजायको फैसला सुनाएको थियो । गोप्य सूचनाका आधारमा राउतलाई हँडियाको एक स्थानमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले बुधबा पक्राउ गरेको उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहलले बताउनुभयो ।

    इलाका प्रहरी कार्यलय बेल्टारको टोलीले गोप्य सूचनाको आधारमा राउतलाई लुकिरहेको अवस्थामा पक्राउ गरेर बुधबारनै जिल्ला अदालतमा बुझाएको प्रहरीले बताएको छ। रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार