Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वैदेशिक रोजगार कसूरका अभियुक्त कारागार चलान


    बुधबार, कार्तिक २६ २०७७
    815
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ । तीन वर्षअघि बैदेशिक रोजगार कसुर मुद्धामा अदालतबाट सजाय सुनाइएका झापा, कन्काई नगरपालिका—३ का ३६ वर्षीय सौरभ उप्रेती पक्राउ परेका छन् ।

    तीन वर्षअघि जिल्ला अदालत झापाले उप्रेतीलाई कसुरवापत एक वर्ष छ महिना कैदसहित रु एक लाख ५० हजार जरिवाना फैसला भएको थियो । 

    फैसलापछि फरार भएका उप्रेतीलाई तीन वर्षपछि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय सुरुङाको टोलीले दुई दिनअघि घरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए ।

    अभियुक्त उप्रेतीलाई आज नै अदालतमा उपस्थित गराई फैसलाबमोजिम कैद भुक्तानीका लागि कारागार चलान गरिएको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार