Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सैफ अली खानले बढाए पारिश्रमिक


    बुधबार, कार्तिक २६ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । बलिउड अभिनेता सैफ अली खानले आफ्नोे पारिश्रिक बढाएका छन् । उनी अहिले विभिन्न चलचित्रकाे कामलाइ लिएर ब्यस्त देखिन्छन्। ठूला पर्दामा निकै कम फिल्म चलिरहेका छन् तर ओटीटीले सैफको करियरलाई भने नयाँ आयाम दिइरहेकाे छ। सेक्रेड गेम्स उनको करियरमा गेम चेन्जर साबित भएको छ ।

    ओटीटीमा आफ्नो सफलता देखेपछि सैफ अली खानले आफ्नो पारिश्रमिकमा वृद्धि गरेको भारतीय सञ्चार माध्यमले बताएका छन् । स्रोतका अनुसार अब नायकले हरेक फिल्मका लागि तीन गुणा बढी पारिश्रमिक लिनेछन् ।

    यसबारे आधिकारिक जानकारी त आइसकेको छैन तर स्रोतले दाबी गरेअनुसार सैफ अली खान पहिला एउटा फिल्मको करिब ३ करोड लिन्थे भने अब उनी ११ करोड लिने छन् । सैफ यतिबेला ओटीटी प्लेटफर्ममा निकै मनपराइएका अभिनेताको रुपमा उदाएका छन् । हरेक फिल्म निर्माता उनलाई कुनै न कुनै सिरिजका लागि अनुबन्ध गर्न चाहन्छ । सैफले हालै अर्को एउटा वेब सिरिज साइन गरेका छन् । उनले अली अब्बास जफरको ‘दिल्ली’ मा मुख्य भूमिका निभाउनेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार