Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना संक्रमण


    बुधबार, कार्तिक २६ २०७७
    2.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना पोजिटिभ देखिएको छ । केहीदिन यता अस्वस्थ केसीको बुधबार पीसीआर रिपोर्ट पोजिटिभ देखिएको हो ।

    राष्ट्रिय जनमोर्चाका नेता आन्नद शर्माले केसीको अहिले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । अध्यक्ष केसीको अवस्था सामान्य रहेको समेत नेता शर्माले जानकारी दिए ।

    पूर्वउपप्रधानमनत्री समेत रहेका केसी करिब एक महिनादेखि भैरहवामा थिए । त्यही क्रममा रुघा खोकी तथा ज्वरो आउने समस्या देखिएपछि उनको पीसीआर परीक्षण गरिएको थियो । तर त्यहाँ रिपोर्ट निगेटिभ आएको थियो ।

    मंगलबार बुटवलबाट काठमाडौँ आएका केसीलाई त्यहिदिन मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । सोही क्रममा केसीले कोरोना परीक्षण गराउँदा पोजेटिभ देखिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार