Nepal Face
  • आइतबार, १० साउन २०८३
  • किमाथान्काबाट प्रधानमन्त्री ओलीको उद्घोष, नेकपा फुटदैन


    बुधबार, कार्तिक २६ २०७७
    640
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । किमाथान्का नाकालगायत अरुण तेस्रोको बाँध अवलोकनका लागि संखुवासभा पुगेका नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले पार्टी नफुट्ने उद्घोष गरेका छन् । नेकपामा अहिले विवाद भएको र विवाद हुनासाथ पार्टी नफुट्ने उनले बताएका हुन्। 

    कार्यक्रममा उनले आफ्नो नेतृत्वको सरकार गठन भएपछि विकास निर्माणले गति लिएको बताएका छन्।

    यस्तै उनले फेरि राजीनामा मागको प्रसंग कोट्याउन पनि भ्याएका छन् ।

    ‘मेरो राजीनामा विषयमा निक्कै चर्चा भईरहेको छ। मैले राजीनामा दिन मिल्दैन,’ ओलीले जोड दिँदै भने, ‘अपार जनताको समर्थनमा प्रधानमन्त्री भएको हुँ। अहिले नै राजीनामा दिए जनताको अपमान हुन्छ।’

    बुधबार बिहान संखुवासभामा विकास निर्माण अवलोकन गर्न गएका ओली बेलुका मात्रै काठमाडौँ फर्किने कार्यक्रम छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार