Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वामदेवको पक्षमा सर्वोच्चको आदेश, राष्ट्रियसभा सदस्यको काम गर्न बाटो खुल्यो


    बुधबार, कार्तिक २६ २०७७
    975
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलाशले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमको पक्षमा फैसला सुनाएको छ । योसँगै वामदेवलाई राष्ट्रिय सभा सदस्यका रुपमा काम गर्न बाटो खुलेको छ ।  

    वामदेवलाई सांसद हुनका लागि योग्यताको प्रश्न उठाउँदै सर्वोच्चमा रिट दायर भएको थियो । सो रिटमा उनलाई मन्त्री बन्नबाट रोक्नका लागि अन्तरिम आदेश माग गरिएको थियो । 

    तर, संवैधानिक इजलाशले त्यस्तो आदेश दिन पनि अस्वीकार गरेको छ । संवैधानिक इजलाशको यो आदेशसँगै गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा काम गर्न र थप संवैधानिक जिम्मेवारी लिनका लागि बाटो खुलेको सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले बताए । 

    यसअघि सर्वोचच अदालतले उनको नियुक्ति यथास्थितिमा राख्न भन्दै अन्तरिम आदेश जारी गरेको थियो । तर, संवैधानिक इजलाशले भने अन्तरिम आदेश नहुने फैसला गरेको हो ।

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलाशले गौतमको मुद्दामा फैसला गरेको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार