Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो


    बुधबार, कार्तिक २६ २०७७
    785
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख नाघेको छ । आज देशभर २ हजार ५६९ संक्रमित फेला परेसँगै संक्रमितको संख्या २ लाख नाघेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५६९ संक्रमित थपिएका हुन् ।

    देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ९१२ रहेको छ ।

    पछिल्लो २४ घण्टामा एक हजार ६६६ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख ६२ हजार २४३ जना डिस्चार्ज भएका छन् ।

    देशभर आजसम्म १५ लाख ७४ हजार २९५ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म देशभर एक हजार १०९ जना क्‍वारेन्टिनमा रहेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार