काठमाडौं । कतारका राजकुमार शेख मोहम्मद विन अब्दुल्लाहको टोलीले अमादब्लम हिमालको सफल आरोहण गरेका छन्। राजकुमारको टोलीले बुधबार बिहान ११ बजेर २० मिनेटमा प्राविधिक हिसाबले जटिल उक्त हिमालको सफल आरोहण गरेको हो।
अमेरिकी गाइड ग्यारेट सि म्याडसनको नेतृत्वमा ६ जनाको टोली ६ हजार ८ सय १२ मिटर अग्लो हिमालको शिखरमा पुगेको ट्रेकिङ कम्पनी हिमालयन गाइड्स नेपालका प्रवन्ध निर्देशक इश्वरी पौडेलले बताए।
कोरोना संकटकै बीचमा यसअघि बहराइनका राजकुमारसहितको टोलीले गोरखास्थित किलर माउन्टेन मनास्लुको सफल आरोहण गरेका थिए।