Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • ७ वर्षीया बालिका बलात्कार आरोपमा तामाङ पक्राउ


    बुधबार, कार्तिक २६ २०७७
    955
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । ७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा गोठाटारबाट एक पुरूष पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त बानेश्वरले धाडिङ घर भइ गोठाटारमा डेरा गरी बस्ने ५२ वर्षीय चक्रे तामाङलाई पक्राउ गरेको हो। 

    वृत्तका प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतका अनुसार मंगलबार तामाङलाई पक्राउ गरिएको हो।

    उनका अनुसार बालिका र तामाङ एउटै घरमा डेरा गरी बस्थे।  बालिकाको मंगलबार नै स्वास्थ्य परीक्षण गराउन थापाथलीस्थित प्रसुती गृहमा लगेको थियो। त्यसको रिपोर्ट भने आइनसकेको प्रहरीले जनाएको छ । 

    त्यस्तै पक्राउ परेका तामाङमाथि अनुसन्धान गर्न बुधबार जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरिँदैछ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार