Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भर्चुअल तेक्वान्दोमा सुदेशनालाई रजत


    बुधबार, कार्तिक २६ २०७७
    810
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालकी सुदेशना गुरुङले प्रथम अनलाइन अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो प्रतियोगितामा रजत जितेकी छिन् ।

    सुदेशनाले महिला एकल पुम्सेको यु–१५ उमेरसमूहमा रजत जितेको नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष अशोक खड्काले जनाएका छन् । सुदेशनाले ६.७५ अंक जोडिन् ।

    यो स्पर्धामा नेपालका अन्य दुई खेलाडीले पनि प्रतिस्पर्धा गरेका थिए । ६.३० अंकसाथ नेपालकी शान्ति राईले कांस्य जितिन् । प्रगति कुइकेल ५.६० अंकसाथ पाँचौं स्थानमा रहिन् । ब्राजिलकी मारियाना उर्बिनाले ६.८० अंक जोड्दै स्वर्ण हात पारिन् ।

    ब्राजिल तेक्वान्दो महासंघले आयोजना गरेको उक्त प्रतियोगितामा यसअघि पुरुष यु–१४ एकल पुम्सेमा नेपालका आयुश ढुंगेलले स्वर्ण जितेका थिए । अध्यक्ष खड्काले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार