Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तीन जिल्लाबाट समातिए २३ जुवाडे पक्राउ


    बुधबार, कार्तिक २६ २०७७
    775
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । लमजुङ, धनुषा र नवलपरासी पूर्वबाट २३ जुवाडे पक्राउ परेका छन्। चाडवाडको समयमा जुवा तथा तास खेलिरहेका बेला उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

    लमजुङबाट १३ जना जुवाडे पक्राउ परेका हुन्। मंगलबार दिउँसो उनीहरूलाई ११ लाख ४७ हजार ८ सय ४२ रुपैयाँ, ३ गड्डी तास र ३ सय १५ पत्ती खुल्ला ताससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

    यस्तै धनुषा, जनकपुर उपमहानगरपालिका-२ का बेचु ठाकुरको घरमा तास खेलिरहको अवस्थामा सोही उपमहानगरपालिका-११ का ५ वर्षीय सुशील साहलगायत दुई जना पक्राउ परेका छन्। १ लाख ४५ हजार ४ सय ३० रुपैयाँ र १० बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। 

    नवलपरासीपूर्व, कावासोती नगरपालिका-१५ का मीनराज महत्तोको घरमा तास खेलिरहेको अवस्थामा देवचुली नगरपालिका-११ का ३६ वर्षीय लीलाबहादुर रानालगायत ८ जना पक्राउ परेका छन्। 

    नगद १ लाख ८६ हजार ९ सय ५ रुपैयाँ, १२ हजार रुपैयाँ लेखिएको १ थान चेक, १ सय ३० भारतीय रुपैयाँ र तीन बुक ताससहित बुधबार बिहान प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। 

    जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी कोल्हुवाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूलाई जुवा ऐन अन्तर्गत कारबाही थालिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार