Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कतार रोजगारी सिण्डिकेटमा संसदीय समितिको चासो, छानबिन गर्न श्रम मन्त्रालयलाई निर्देशन


    बुधबार, कार्तिक २६ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले कतार रोजगारीमा म्यानपावर कम्पनीहरुको सिण्डिकेटबारे छानबिन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।

    सोमबार बसेको समितिको बैठकले नेपालबाट कतारमा श्रमिक पठाउनका लागि केही म्यानपावर संस्थाहरु मात्र संगठित भई एकाधिकार कायम गर्न खोजिएको भन्दै उजुरी परेपछि समितिले छानबिन गर्न मन्त्रालयलाई निर्देशन दिएको हो । 

    कतार रोजगारीमा श्रमिक पठाउन विभिन्न १७ वटा म्यानपावरले एकाधिकार कायम गर्न खोजेको भन्दै  म्यानपावर व्यवसायीले समितिमा निवेदन दिएका थिए ।

    समितिले १७ म्यानपावर संस्थाहरुलाई स्पष्टीकरण सोधी छानबिन तथा अनुसन्धान गर्न  श्रम मन्त्रालयलाई निर्देशन दिएको छ ।

    केही समय यता कतार रोजगारीमा श्रमिक पठाउन विभिन्न १७ वटा म्यानपावर कम्पनीहरुले एकाधिकार कायम गर्न खोजेको भन्दै म्यानपावर व्यवसायीहरुले आरोप लगाउँदै आएका छन् । नेपालमा रहेकाे कतारी दूतावास र कतार भिसा सेन्टरले मिलेमतोमा १७ वटा म्यानपावरको नाम छनोट गरी सिण्डिकेट कायम गर्न खोजेको भन्दै यसबारे तत्काल छानबिन हुनुपर्ने व्यवसायीहरुको माग छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार