Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • फेरि बढ्यो सुनको मूल्य


    बुधबार, कार्तिक २६ २०७७
    975
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मंगलबार एकैदिन ३ हजार बढीले घटेको सुनको मूल्य बुधबार फेरि उकालो लागेको छ। आज तोलामा १ सय रुपैयाँले बढेर ९४ हजार ९ सय पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    महासंघका अनुसार बुधबार सुन तोलाको ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ।  ५ रुपैयाँले बढेर चाँदी तोलाको १२सय २० रुपैयाँमा बिक्री भइरहेको छ।

    अमेरिकी चुनावको प्रभाव र विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसविरुद्धको खोप बनेको खबरले सुनको मूल्यमा घटबढ भइरहेको महासंघको भनाइ छ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार