Nepal Face
  • आइतबार, १० साउन २०८३
  • म्याग्दीमा बेपत्ता किशोरको तीन दिनपछि शव भेटियो


    बुधबार, कार्तिक २६ २०७७
    600
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बेनी । म्याग्दी नदीमा डुबेर एक किशोरको ज्यान गएको छ ।  नदीमा डुबेर बेपत्ता भएका मंगला–५ टिकावाङका १६ वर्षीय शंकर  विकको शव बुधबार बिहान तीन दिनपछि फेला परेको हो । पोखरास्थित कालीका गणबाट आएको गोटाखोर टोलीले तलाउबाट बिकको शव निकालेको सशस्त्र प्रहरी बल आश्रित गुल्म म्याग्दीका प्रहरी नायब उपरीक्षक हरिबहादुर गुरुङले बताए । 

    १२–१५ फिट गहिरो तलाउबाट शव निकालिएको थियो । छिसबाङस्थित म्याग्दी नदीमा सोमबार पौडी खेल्ने क्रममा विक बेपत्ता भएका थिए । जनपथ प्रहरी र स्थानीयले खोजी गर्दा नभेटिएपछि गाउँपालिका र जिल्ला प्रशासन कार्यालयमार्फत गोटाखोर टोली मगाइएको थियो । 

    गृह मन्त्रालयसँग समन्वय गरी मगाइएको गोटाखोर टोलीले नदीको दहमा डुबेको अवस्थामा शव फेला पारेको बताइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार