Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेवार समुदायको भाइटीका मंसिर २ गतेः सार्वजनिक बिदा निर्णय


    मंगलबार, कार्तिक २५ २०७७
    830
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । यो बर्ष पनि भाइटीकाको भोलिपल्ट मंंसिर २ गते सार्वजनिक बिदा हुने भएको छ । नेवार समुदायको भाइटीका मंसिर २ गते परेकाले सार्वजनिक बिदा दिने निर्णय सोमबारको मन्त्रिपरिषद बैठकले गरेको छ ।

    पंचाङ्ग निर्णायक समितिले यो बर्षको भाइटीका मंसिर १ गते तोकेको छ । गतबर्ष पनि टीकाको भोलिपल्ट नेवार समुदायको भाइटीका परेकाले सार्वजनिक बिदा दिइएको थियो । यो बर्ष पनि नेवार समुदायले मंसिर १ गते म्ह पूजा र २ गते भाइटीका मनाउँदैछन् ।

    नेवार समुदायका विभिन्न संघ संगठनले मंसिर २ गते भाइटीका मनाउने भएकाले सार्वजनिक बिदा दिन सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठलाई अनुरोध गरेका थिए ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बर्षमा पंचाग निर्णायक समितिबाट निर्विवाद ढंगले पर्वको बारेमा टुंगो लगाउने ब्यवस्था गर्ने र यो बर्ष नेवारी समुदायको आग्रहमा मंसिर २ गते पनि सार्वजनि बिदा दिने निर्णय गरेको स्रोतले बताएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार