Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • बलात्कार गरेको आरोपमा युवक पक्राउ


    मंगलबार, कार्तिक २५ २०७७
    850
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । २३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा मकवानपुरकाे बागमती गाउँपालिका–८ फापरबारी ठुलोकायरका २५ वर्षीय दावा पाख्रीन रहेका प्रहरीले जनाएकाे छ । प्रहरीले उनलाई मंगलबार दिउँसो पक्राउ गरेकाे हाे ।

    पक्राउ परेका पाख्रीनले महिलालाई गत असार २ गतेदेखि कात्तिक ५ गतेसम्म पटकपटक बलात्कार गरेको आरोप लागेको छ।

    उनलाई इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध प्रहरीले जबर्जस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धान थालेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार