Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपामा विभाजन रोक्न खबरदारी


    मंगलबार, कार्तिक २५ २०७७
    700
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • दमौली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शीर्ष तहको विवादले समाजवादोन्मुख मुलुक निर्माण हुने सुनौलो सपनामा सङ्कट उत्पन्न हुने जनाउँदै नेकपा शुक्लागण्डकी नगर कमिटी, तनहुँले विभाजन ल्याउने कार्य नगर्न खबरदारी गरेको छ । 

    सो कमिटीले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज ज्ञापनपत्र पठाउँदै पार्टीको विवाद तत्काल समाधान गर्न माग गरेको हो । 

    कमिटीले पार्टीका केन्द्रीय सदस्य आशा कोइरालामाफत् ओली र गण्डकी प्रदेश कमिटी सदस्य दुर्गा पराजुली मार्फत् प्रचण्डलाई ज्ञापनपत्र पठाएको छ । ऐतिहासिक सङ्घर्षको उपलब्धिद्वारा पार्टीका आम कार्यकर्ता, समर्थक र जनतामा आएको उत्साहलाई अहिले देखा परेको विवादले गहिरो चोट पु¥याएको  ज्ञापनपत्रमा उल्लेख  छ । कमिटीले सो पत्र पार्टीका गण्डकी प्रदेश कमिटी अध्यक्ष हितराज पाण्डे र तनहुँ जिल्ला कमिटी अध्यक्ष केदार सिग्देललाई पनि ज्ञापनपत्र पठाएको छ । 

    कमिटी अध्यक्ष मुक्ति तिमिल्सिनाले एकापसमा आरोपप्रत्यारोप त्यागेर वैचारिक हिसाबले अगाडि बढ्न नेतृत्व पङ्क्तिलाई आग्रह गर्दै आफूहरु विभाजनमा नलाग्ने स्पष्ट गर्नुभयो ।  कमिटी सचिव परशुराम भण्डारीले अध्यक्षद्वयबीचको अन्तरविरोध नकरात्मक ढङ्गबाट अगाडि बढेकाले अन्तरविरोध त्याग्न आग्रह गर्दै ज्ञापनपत्र बुझाइएको जानकारी दिनुभयो । 

    केन्द्रीय कमिटी सदस्य कोइरालाले एकताको प्रक्रिया तलसम्म टुङ्गिन नपाउँदै पार्टी फेरि विभाजन हुने त होइन भन्ने आशङ्का बढेको अवस्थामा नगर कमिटीले पार्टीलाई ध्यानाकर्षण गराउनु सकारात्मक रहेको बताउनुभयो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार