Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महासंघद्वारा चिनियाँ नाकामै धर्ना दिने चेतावनी


    मंगलबार, कार्तिक २५ २०७७
    770
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले  चिनियाँ नाकामै धर्ना दिने चेतावनी दिएकाे छ। लामो समयदेखि चिनियाँ नाकामा रोकिएका सामानहरु सहज रुपमा नेपाल भित्रने नदिएकाे भन्दै महासंघले नाकामै धर्ना बस्ने चेतावनी समेत दिएको हाे।

    मंगलबार महासंघका अध्यक्ष नरेश कटुवालले प्रेस विज्ञप्ति जारी गर्दै सरकारले कुटनीतिक पहलको प्रयास गर्न नसकेको उल्लेख गरेका छन् । उनले सरकारले तत्कालै समस्या समाधान नगरे चिनियाँ नाकाहरुमा पुगेर धर्ना दिने चेतावनी समेत दिएका छन् ।

    ‘नाकाहरुमा अहिले पनि धेरै कन्टेरहरु रोकिएका छन्, तर दिनमा एक र बढीमा दुई वटामात्रै कन्टेनर चिनियाँ पक्षले नेपाल भित्रन दिइरहेको छ’ जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालतर्फ कुनै समस्या नहुँदा समेत सहज रुपले सामान नभित्रिनुमा नेपाल सरकारले कुटनितिक पहल कमजोर रहेको प्रष्ट हुन्छ ।’

    महासंघका अनुसार नाकाहरुमा पछिल्लो समय कन्टेनरको अत्यधिक भाडा वृद्धिसमेत भएको छ । साथै लामो समयदेखि रहेको सिण्डिकेट समेत अन्त्य हुन नसकेको महासंघले उल्लेख गरेको छ । यसका लागि सरकारले तत्कालै कुटनीतिक पहल लिनुपर्ने महासंघले बताएको छ ।

    महासंघले दसैँअघि नै सामान छुटाउन सरकारका विभागीय मन्त्रीदेखि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमेतको ध्यानाकर्षण गराएको थियो ।

    PR-25-Kartik.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार