काठमाडौं । नेपालमा थप २ हजार ७ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप २ हजार ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ भने अहिलेसम्म १ लाख ६० हजार ५७७ जना संक्रमणमुक्त भएका छन्।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार १ सय ४८ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबारमात्रै ८ सय ५३ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।