Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पैदल यात्रुलाई ठक्कर दिएर भागेका चालक पक्राउ


    मंगलबार, कार्तिक २५ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । थानकोटमा पैदल यात्रुलाई ठक्कर दिने गाडी चालकलाई प्रहरीले पक्राउ गरेको छ । सर्लाही हरिवन नगरपालिका वडा नं. ८ का ३४ वर्षीय सुनिल श्रेष्ठ र गाडीलाई थानकोटबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

    जिल्ला चन्द्रागिरि नगरपालिका वडा नं.७ थानकोटस्थित बेबि पाउरोटी कारखाना नजिक मुल सडक खण्डमा तरकारी बोकि बोटो काट्दै गरेको पैदल यात्री जिल्ला बाजुरा घर भई हाल माहादेबस्थान बस्ने २५ वर्षीय नबिन लोहार कलंकी तर्फ जाँदै गरेको नम्बर नखुलेको बसले ठक्कर दिदा मृत्यु भएकाे थियाे ।

    सर्लाही–काठमाण्डु रूटमा चल्ने ‘पवन दुत डिलक्स’ लेखिएको ना ५ ख ८४७४ नम्वरको यात्रुवाहक बसले ठक्कर दिँदा उनकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

    चन्द्रागिरि नगरपालिकाद्वारा कलंकी-नागढुंगा सडक खण्डमा जडान भएको सिसिटीभी क्यामेराकाे सहायतामा उक्त गाडी चालकलाई पक्राउ गरिएको हो ।

    चालकलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार