Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विष्णु पौडेलले नसकेपछि शंकर पोखरेल खटाइए खुमलटार !


    मंगलबार, कार्तिक २५ २०७७
    2.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी विवाद चर्केका बेला अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विरोधीलाई मनाउने प्रयास गरिरहेका छन् । 

    विरोधी समूहको माग सम्बोधन भन्दा पनि संवादहिनता तोड्नका लागि ओलीले आफ्नो सन्देश निरन्तर खुमलटारमा पठाइरहेका छन् । सोमबार मात्रै अर्थमन्त्री समेत रहेका महासचिव विष्णु पौडेललाई प्रम ओलीले खुमलटार पठाएका थिए ।

    तर पौडेलको ओलीप्रतिको वफादारीका कारण पुष्पकमल दाहाल प्रचण्डले उनीसँग खुलेर कुरा नगरेको खुमलटार स्रोतको दावी छ । सोहीकारण आज प्रम ओलीको सन्देश लिएर शंकर पोखरेल खुमलटार पुगेका छन् । 

    यसअघि सचिवालयका बहुमत सदस्यले प्रम ओलीलाई सचिवालय बैठक बोलाउन दिएको ४८ घण्टे अल्टिमेटम सोमबार सकिएको छ । दिएको समससीमामा बैठक नबोलाए आफ्नै हिसाबले अघि बढ्ने तयारी भएको थाहा पाएसँगै ओलीले आफ्नो सन्देश पठाउँदै कठोर कदम नचाल्न आग्रह गरिरहेका छन् ।

    आजको बैठकले सचिवालय बैठक नबोलाएका ओली विरुद्ध कसरी अगाडि बढ्ने भन्ने विषयमा निर्णय गर्ने एक सचिवालय सदस्यले बताएका छन् । 

    यसअघि प्रम ओलीले नेकपाको विघटित कार्यदलका सदस्यहरूलाई बालुवाटार बोलाएका थिए । कार्यदलका विष्णु पौडेल, शंकर पोखरेल, भीम रावल र सुरेन्द्र बालुवाटार गएपनि पम्फा भुसाल र जनार्दन शर्मा नगएपछि बैठक स्थगित भएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार