Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अमेरिकी राष्ट्रपति ट्रम्पले बर्खास्त गरे रक्षामन्त्रीलाई


    मंगलबार, कार्तिक २५ २०७७
    795
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रक्षा मन्त्री मार्क इस्पेरलाई सोमबार बर्खास्त गरेका छन्। राष्ट्रपति चयनका लागि हालै भएको निर्वाचनमा दोस्रो कार्यकालका लागि प्रतिस्पर्धा गरेर पराजित भएका ट्रम्पले कार्यकाल सकिनै लागेका समय रक्षा मन्त्रीलाई बर्खास्त गरेका हुन्। 

    रक्षामन्त्री इस्पेरको बर्खास्तीलाई अप्रत्यासित र अस्वभाविक मानिएको छ। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटर मार्फत इस्पेरलाई हटाइएको जानकारी दिएका छन्। तर उनलाई हटाउनुको कारण भने उनले स्पष्ट पारेका छैनन्। 

    ट्रम्प र इस्पेरकाबीचमा पछिल्लो केही समयदेखि मतभेद रहेको थियो। गत जुनमा एक जना अश्वेत अमेरिकीको हत्या भएपछि चर्किएको आन्दोलनका क्रममा सेना परिचालन गर्ने कि नगर्ने बारेमा मतभेद भएको हो। 

    त्यतिबेला ट्रम्पले आन्दोलन दबाउन सेना परिचालन गर्न खोजे पनि रक्षा मन्त्री इस्पेरले भने अस्वीकार गरेका थिए। त्यति बेला नै उनलाई ट्रम्पले बर्खास्त गर्ने अनुमान गरिए पनि अहिले भने अनुमान गरिएको थिए। 

    राष्ट्रपति ट्रम्पले इस्पेरलाई हटाएर खाली भएको रक्षा मन्त्रीको पदमा नेस्नल काउन्टर टेरोरिजम सेन्टरका निर्देशक क्रिस्टोफर मिलरलाई जिम्मेवारी दिएका छन्। 
    ट्रम्पले नवनियुक्त रक्षा मन्त्री मिलरले राम्रो काम गर्ने विश्वास व्यक्त गर्दै बर्खास्त रक्षा मन्त्री इस्पेयरलाई विगतको सेवाका लागि धन्यवाद दिएका छन्।

    बर्खास्त भएका इस्पेरले पनि राष्ट्रपति ट्रम्पप्रति धन्यवाद ज्ञापन गर्दै जिम्मेवारीमा रहँदा संविधान र सैनिक तथा सुरक्षाको मर्म अनुसार काम गर्ने प्रयत्न गरेको उल्लेख गरेका छन्। एपी

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार