Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संसद् भवन प्रवेश गर्ने ४९ जना लघुवित्त पीडित पक्राउ


    सोमबार, फाल्गुन १४ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नयाँ बानेश्वरस्थित संसद् भवन परिसरभित्र लघुवित्तपीडितहरू प्रवेश गरेका छन् । विभिन्न माग राख्दै काठमाडौं आएका पीडितहरू आज संसद् भवन छिरेका गरेका हुन् ।

    आन्दोलन गर्न  संसद् भवन प्रवेश गर्ने ४८ महिला र एक पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले जानकारी दिए । उनीहरू भित्र बोलाएको भन्दै गेटबाट छिर्न खोज्दा पक्राउ परेका हुन् । केही प्रदर्शनकारी भने भित्र पुगेका थिए । पक्राउ परेकाहरूलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार