विराटनगर। प्रहरीले लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)जस्तो देखिने वस्तुसहित तीनजनालाई विराटनगरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१४ का २१ वर्षीय दिपेशसिंह ठकुरी, विराटनगर–१५ का २० वर्षीय सेजन राई र विराटनगर–१७ का १९ वर्षीय शिवम थापामगर रहेका छन् । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले उनीहरूलाई विराटनगर–१३ बाट सोमबार बिहान ७ बजेतिर पक्राउ गरेको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखेर अनुसन्धान सुरू गरिएको छ । प्रदेश १–००१ ह १७८३ नम्बरको सीटी सफारीमा सवार रहेका बेला तीनैजनालाई पक्राउ गरिएको उनले बताए । पक्राउ परेकाको साथबाट १४.४४ ग्राम ब्राउन सुगरजस्तो देखिने वस्तु बरामद भएको जानकारी दाहालले दिए ।
उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । प्रहरीका अनुसार तीनैजना ब्राउन सुगरको कारोबारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । भारतको जोगवनीबाट ब्राउन सुगर भित्राएर नेपालका विभिन्न स्थानमा पुर्याउँदै बिक्री गर्ने गरेको प्रहरीको भनाइ छ ।
ठकुरी, राई र थापामगरले ब्राउन सुगरको धन्दा चलाइरहेको जानकारी केही दिनअघि प्राप्त भएपछि प्रहरीले उनीहरूको पिछा गर्न थालेको थियो । ब्राउन सुगरजस्तो देखिने वस्तु ठकुरीको साथबाट बरामद भएको हो । बरामद भएको उक्त वस्तु ७० हजार रूपैयाँमा जोगवनीबाट खरिद गरेर ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
नेपाल ल्याएर विभिन्न स्थान पुर्याउँदै बिक्री गर्दा दोब्बर बढी मूल्य पर्ने प्रहरी अधिकारीहरु बताउँछन् । प्रहरीले गरेको प्रारम्भिक सोधपुछका क्रममा पक्राउ परेकाहरुले सामूहिक रूपमा ब्राउन सुगर नेपाल ल्याएर बिक्री गर्ने गरेको बताएका छन् ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend