Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • अर्थमन्त्रीले आज संसदमा आगामी बजेटका सिद्धान्त र प्राथमिकता पेश गर्ने


    सोमबार, फाल्गुन १४ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले आज बस्ने प्रतिनिधिसभाको बैठकमा ‘बजेटका सिद्धान्त र प्राथमिकताा’ प्रस्तुत गर्ने तयारी गरेका छन्।

    अर्थमन्त्रीले आगामी आर्थिक वर्ष २०८१÷८१ को बजेटका प्राथमिकता र सिद्धान्तमाथि छलफल गरियोस् भनी संसदमा प्रस्तुत गर्ने भएका हुन्।

    उनले कर प्रस्ताव बाहेकको विषयमा छलफल गर्नेगरी प्रतिनिधि सभामा प्राथमिकता र सिद्धान्त प्रस्तुत गर्न लागेको अर्थ मन्त्रालयले जनाएको छ । बैठक बिहान ११ बजेदेखि सुरु हुँदैछ ।

    आज अर्थमन्त्रीले संसदमा ‘प्रिबजेट’ छलफलका लागि प्रस्तुत गर्ने भएका हुन्। अर्थमन्त्रीले प्रतिनिधि र राष्ट्रिय सभामा छुट्टाछुट्टै ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिक्ता’ पेस गर्ने कार्यक्रम रहेको छ ।

    सरकारले नयाँ व्यवस्था गर्दै फागुनको पहिलो सातादेखि नै संसदमा ‘प्रिबजेट’ छलफल गर्ने कार्यतालिका बनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार