काठमाडौँ। अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानी गर्ने सवालमा विदेशी लगानीकर्ताहरूको चासो बढेको उल्लेख गरेका छन्।
आज अर्थमन्त्रालयमा तेस्रो लगानी सम्मेलन निर्देशक समितिको बैठकमा मन्त्री महतले नेपालले गर्न थालेको लगानी सम्मेलन र नेपालमा लगानीको सम्भावनका विषयमा ठूला राष्ट्रका ठूला लगानीकर्ताहरूले चासो व्यक्त गरेको बताएका हुन्।
‘अहिले नेपालको लगानीको सवालमा विदेशी लगानीकर्ताहरूबाट निकै चासो व्यक्त भएको छ, लगानी गर्नुपर्छ भनेर धेरैले सोधिरहेका छन्,’ महतले भने।
लगानी आकर्षण गर्न अभूतपूर्व अवसर रहेको उनको भनाइ छ।
‘विदेशी लगानीकर्ताका साथै नेपाली लगानीकर्ता एवम् गैरआवासीय नेपालीलाई समेत आकर्षित गर्न कानुनी र नीतिगत सुधारमा सरकारले कुनै कसर बाँकी राख्ने छैन,’ अर्थमन्त्रीले भने, ‘लगानी सहजीकरण, परियोजना कार्यान्वयन र सञ्चालन तथा नाफा फिर्ता लैजान सरल व्यवस्था गरी नेपाल लगानीको उत्कृष्ट गन्तव्य हो भन्ने सन्देश विश्व समुदायमा पुर्याउने लगानी सम्मेलनको प्रमुख ध्येय हो।’
उनले लगानी सम्मेलनलाई कर्मकाण्डी मात्रैमा सीमित नगर्नको लागि सरोकारवालाको ध्यानकर्षण गराएका छन्।
पहिले राजस्व तथा लाभ हेर्ने भन्दा पनि लगानी र लगानीकर्ता भित्र्याउने विषयमा चासो जान आवश्यक रहेको उनले बताए।
‘लगानी आएपछि अरू प्रतिफल आउने हो, कति राजस्व उठ्ला कति लाभ होला भनेर हिसाब गर्ने भन्दा पनि लगानी भित्र्याउन केन्द्रित हुनुपर्छ,’ महतले भने, ‘हामी युएइलाई उदाहरणको रूपमा लिन सक्छौं, पहिले लगानी ल्याउन ट्याक्स होलिडे नै भयो, अहिले ट्याक्स लगाउँदा पनि लगानीकर्ता त्यही जमिसकेका छन्।’
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend