Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पुरानै नागरिकता प्रयोग भएकाले महासचिव पाण्डेयको नियुक्ति बदर गर्न नहुने सर्वोच्चको आदेश 


    सोमबार, फाल्गुन १४ २०८०
    610
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय सुरुकै नागरिकताका आधारमा संघीय संसद्को महासचिव भएकाले नियुक्ति बदर गर्न नहुने सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।

    पाण्डेयले नागरिकता कानुनको उल्लंघन गरी उमेर घटनाएर नागरिकता लिएको र उक्त नागरिकता दुरुपयोग गरेको भनेर त्रिलोकबहादुर चन्द, अमृत खरेल, अनिल आचार्यलगायतले दायर गरेको रिट सर्वोच्चका रजिस्ट्रार विमल पौडेलले दरपीठ गरिदिएका थिए ।

    उक्त दरिपीठविरुद्ध इजलासमा दायर रिटको सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालले पाण्डेयको नियुक्ति बदर गर्नुपर्ने अवस्था नदेखिएको उनले आदेश जारी गरेका हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार