Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्राध्यापक कुट्नेलाई धरौटीमा रिहा गर्न अदालतको आदेश


    मंगलबार, कार्तिक २५ २०७७
    855
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं जिल्ला अदालतले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि गम्भीर कुटपिट गर्नेलाई धरौटीमा छोड्ने आदेश दिएको छ । अदालतको आदेशसँगै घटनाका मुख्या अभियुक्त दीपक ओझा धरौटीमा तिरेर छुटेका छन् । अदालतको आदेशलगत्तै ओझा २० हजार रुपैयाँ धरौटी बुझाएर हिजो २४ कात्तिकमा थुनामुक्त भए । 

    २३ कात्तिकमा अदालतले रविनकुमार लामा र रुपेश साहलाई धरौटीमा छोडेको भोलिपल्ट अर्का अभियुक्तलाई छोड्न आदेश दिएको हो । न्यायधीश अम्बिकाप्रसाद निरौलाको इजलासले यस्तो आदेश दिएको हो । 

    उपप्राध्यापक चलाउनेलाई २० असोजमा विश्वविद्यालय परिसरमा रहेको नेपाल बैंक लिमिटेड अगाडि आक्रमण गरेर अर्धचेत बनाइएको थियो । विश्वविद्यालय परिसरमै सफाइको काम गर्ने एक महिला चिच्याएपछि थप मानिस भेला भएसँगै आक्रमणकारी समूह भागेको थियो । 

    प्रहरीले घटनास्थलमा प्रयोग भएको मोटरसाइकल, सीसीटीभी फुटेजजस्ता प्रमाण भेला पारेर ७ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको थियो । यसका साथै उपचारमा लागेको खर्च र बिगोदाबी समेत गरिएको छ । 

    साह र लामाले अदालतमा आफूहरु घटनास्थल पुगेको स्विकारेका थिए । तर अदालतले भने धरौटीमा छोड्न आदेश दिएको छ । 

    सरकारी वकिलको कार्यालयले जिल्ला अदालतको आदेश पुनरावलोकनका लागि उच्च अदालत जाने तयारी गरिरहेको छ । घटनामा संलग्न मुख्य अभियुक्त नेपाल विद्यार्थी संघका नेताद्धय हरि आचार्य र योगेन्द्र रावल भने फरार छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार