काठमाडौं । निरन्तर उकालो लागेको सुनको मूल्य मंगलबार प्रतितोला ३ हजार ४ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार सोमबार ९८ हजार २ सयमा कारोबार भएको सुनको मूल्य ९४ हजार ८ सय रुपैयाँ झरेको हो ।
त्यस्तै चाँदीको मूल्य १२ सय १५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।