काठमाडौं । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको फाइनल आज हुँदै छ । आईपीएलको उपाधिका लागि दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सले प्रतिस्पर्धा गर्नेछन् ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ७:४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै दुवै टोली पहिलोपटक आईपीएलको उपाधि उचाल्ने योजनामा हुनेछन् ।
पहिलोपटक आईपीएलको फाइनलमा प्रवेश गरेको दिल्ली आजको खेलमा जित निकाल्दै उपाधि जित्ने योजनामा छ ।
यता साबिकको विजेता टोली मुम्बई भने उपाधि रक्षाको लागि मैदानमा उत्रने छ । मुम्बईले उपाधि जित्न सके लगातार दुई सिजन उपाधि हात पार्नेछ । मुम्बई रोहितको कप्तानीमा मैदानमा उत्रनेछ । यता दिल्ली श्रेयश अय्यरको कप्तानीमा छ ।