काठमाडौं । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति (सिड) को सदस्यमा नेपालकी बन्दना राणा पुनः निर्वाचित भएकी छन्।
उनी दोस्रो कार्यकालका लागि सिडको सदस्यमा निर्वाचित भएको संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जनाएको छ। न्यूयोर्कमा सोमबार भएको समितिको २१ औँ बैठक अन्तर्गत भएको चुनावमा १३७ देशको मत पाएर राणा पुनः निर्वाचित भएकी हुन्।
नेपालकी राणासँगै नेदरल्याण्डस, बहमास, लिथुवानिया, घाना, अस्ट्रेलिया, मेक्सिको, लेबनान, फ्रान्स, फिलिपिन्स र चीनका विज्ञहरु पनि सिटका लागि निर्वाचित भएका छन्।
राणा हाल सिड कमिटीकी उपाध्यक्ष पनि हुन्। सिड कमिटीमा रहेर काम गर्ने उनी पहिलो नेपाली हुन्।