तिलोत्तमा । रूपन्देहीको भीम अस्पतालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा लुम्बिनी सांस्कृतिक नगरपालिका–१० की ४७ वर्षीया महिला र सिद्धार्थनगर नगरपालिका–१२ का ७० वर्षीय पुरुष रहेका छन् ।
उनका अनुसार कात्तिक १७ गते कोरोना पुष्टि भई १८ गते अस्पताल भर्ना भएकी महिलाको सोमबार राति ९ः५० बजे मृत्यु भएको हो । त्यस्तै कात्तिक १३ गते कोरोना पोजिटिभ देखिएपछि अस्पताल ल्याइएका पुरुषको मंगलबार बिहान ६ बजे मृत्यु भएको हो ।