Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • झोलुङ्गे पुल निर्माण भएपछि खुसी


    मंगलबार, कार्तिक २५ २०७७
    860
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  •  फाइल फोटो

    कावासोती ।  नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरको विनयीत्रिवेणी गाउँपालिका–१, बहुवान सिस्यानीमा झोलुङ्गे पुल निर्माण भएपछि यस क्षेत्रका स्थानीयवासी खुसी भएका छन् । विनयी खोलाका कारण बर्सेनि सास्ती खेप्दै आएका यस क्षेत्रका स्थानीयवासी अहिले झोलुङ्गे पुल निर्माण भएपछि खुुसी भएका हुन् । विगतका वर्षमा आवतजावतका लागि खोला तर्नुपर्ने बाध्यता स्थानीयवासीको थियो ।

    बर्सेनि वर्षातको समयमा स्थानीयवासीले ज्यानसमेत गुमाउने गरेको स्थानीय धनबहादुर सोमैले बताउनुभयो । अब पुल बनेपछि दैनिक आवतजावतमा सुविधा पुग्ने उहाँको भनाइ छ । बिरामी हुदाँ उपचारका लागि जानसमेत वर्षाको समयमा निकै समस्या हुने गरेको उहाँले बताउनुभयो । केही समयअघि गण्डकी प्रदेशका भौतिक पूर्वधार विकासमन्त्री रामशरण बस्नेत कोरोला त्रिवेणी सडकको अध्ययनका लागि यस क्षेत्र पुग्ने क्रममा स्थानीयवासीले त्यहाँको समस्या बताएकाथिए । त्यसपछि प्रदेश सरकारको लागतमा पुल निर्माण भएको हो । सोमबार पुलको उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले यस क्षेत्रका स्थानीयले माग गरेबमोजिमको पुल निर्माण सम्पन्न भएकामा खुसी लागेको बताउनुभयो । भारतसँग जोडिन कोरला–त्रिवेणी सडकमा महत्वपूर्ण क्षेत्रको रूपमा बहुवान रहेको छ ।

    बहुवानसम्म अहिले कच्ची सडक रहेको छ । यहाँबाट त्रिवेणीसम्म करिब १९ किलोमिटर खण्डमा ट्र्याक खोल्नुपर्ने छ । ट्र्याक खुलेमा गण्डकी प्रदेश सोझै आफ्नै प्रदेशको बाटो हुदै भारतीय सीमा नाकासँग जोडिने छ । यद्यपि चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने भएकाले सडक निर्माणको काम अगाडि बढ्न सकेको छैन । बहुवानमा त्रिवेणी नाका जोड्ने सडक निर्माणका लागि आवश्यक कामहरु भइरहेको र यस क्रममा रहेका केही कानूनी अड्चन हटाउँदै यस सडकखण्ड खोलेर छाड्ने मन्त्री बस्नेतले प्रतिबद्धता व्यक्त गर्नुभयो ।रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार