Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपालसँग सम्बन्ध सुधारका लागि भारतीय विदेश सचिवको भ्रमण तय


    मंगलबार, कार्तिक २५ २०७७
    860
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं ।  नेपालसँग सम्बन्ध सुधारका लागि भारतीय विदेश सचिव हर्षबर्द्धन सिङ्ग्रला मंसिर दोस्रो साता नेपाल आउने भएका छन्।

    कात्तिक १९ देखि दुई दिनसम्म भएको भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपालभ्रमण लगत्तै सिङ्ग्रला नेपाल आउने भएका हुन् । पछिल्लो समय भारत नेपालसँग सम्बन्ध सुधारका लागि अग्रसर देखिएको छ । लिम्पियाधुरा, लिपुलेख र कालापानी समेटेर भारतले नक्सा जारी गरेसँगै नेपालसँग बिग्रेको सम्बन्ध सुधार गर्ने पक्षमा देखिएको छ ।

    भारतीय पत्रिका हिन्दुस्तान टाइम्सका अनुसार केही समयदेखि बिग्रिएको नेपाल भारत सम्बन्ध सुमधुर बनाउन सिङ्ग्रलाको भ्रमण तय भएको हो । विदेश सचिव पठाउने निर्णय सेना प्रमुख जनरल एमएम नारावनेलाई नेपाली सेनाको मानद पदका सम्मानित भएको केही दिन पछि आएको हो ।

    जनरल नरभाणेले यस भ्रमणमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए जसले भारत र नेपालको लामो समयदेखि विशेष सम्बन्ध रहेकोले दुई देशले वार्ताबाट सबै समस्या समाधान गर्न सक्ने कुरामा जोड दिएका थिए ।

    उनले परराष्ट मन्त्रालयका सचिव भरत पौडेलका परराष्टमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसहित उच्च अधिकारी तथा नेताहरुसँग आफ्नो दुईदिने नेपाल बसाइका क्रममा भेटघाट गर्नेछन् । यसअघि भारतीय जासुसी संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयल आकस्मिक रुपमा नेपाल आई प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर फर्केका थिए ।

    नेपालमा सिङ्ग्रलाको भेट वार्ताले दुबै पक्षलाई संयुक्त प्राविधिक स्तरको सीमा समितिको बैठकको कार्यतालिका अन्त्य गर्न नेतृत्व दिनेछ । साथै, दुवै पक्षले महाकाली नदीको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाका साथै अन्य जलविद्युत आयोजनाहरूको पुनरुद्धारमा छलफल गर्नेछन् ।राजधानी दैनिकबाट 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार